September 19 2021

टि एन सी सी कार्यकारी समिति ( २०२१-२०२३ )
तेस्रो बैठकको निर्णयहरु
मिति : आइतबार ,१९ सेप्टेम्बर २०२१
मार्फत : कन्फेरेन्स कल
उपस्थितीहरु :शिव विष्ट – अध्यक्ष
कल्याण राज गौतम -महासचिव
रोशन भण्डारी -सहसचिव
रंजित आले – कोषाध्यक्ष
बिशाल भारती -सदस्य
प्रलाद शाह -सदस्य
राजेन्द्र गौतम -सदस्य
सुदन गैरे – सदस्य

प्रस्तावनाहरू:
१ .हाल सम्मको प्रगति बिवरण
२ . ऋषि पंचमी कार्यक्रमको समिक्षा
३. दशैं तिहार कार्यक्रम आयोजना गर्ने बारे।
४ . बिबिध !
निर्णयहरु :
प्रस्ताव न १. माथि छलफल हुँदा संस्थाका अध्यक्षले मन्दिर निर्माणका लागि भैरहेका प्रगति विवरण प्रस्तुत गरेका थिए । इंजिनियेरिंग कम्पनिद्वारा सिटि अफ हाई पोइन्टमा अनुमति लिनका लागि भैरहेको पहल जानकारी गराईयो ।


प्रस्ताव न २. माथि छलफल हुँदा गत सेप्टेम्बर ११ तारिकका दिन TNCC मा महिला दिदीबहिनीहरु द्वारा आयोजना गरिएको ऋषि पंचमी पूजाको बारेमा समक्षा भयो। कार्यक्रम सफल भएको तर सहभागी संख्या सोचे अनुरुप नभएकोले कमीकमजोरीको बारेमा विभिन्न धारणाहरु प्रस्तुत भए। भावी दिनहरुमा यस्ता प्रकृतिका कार्यक्रम गर्दा ध्यान दिनु पर्ने कुराहरुको बारेमा छलफल भयो। TNCC आफैं आयोजक नभएकोले आयोजना गर्नुहुने दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरियो।


प्रस्ताव न ३. माथि छलफल हुँदा नेपालीहरुको महान चाड बिजयादशमीको उपलक्ष्यमा यस बर्ष दशैं तथा तिहार कार्यक्रम गर्नका लागि बिशाल भारती ,सुदन गैरे र प्रलाद शाहलाई संयोजनको सामुहिक जिम्मेवारी दिने निर्णय भयो। साथै बैठकले अन्य उपसमितिहरु बनाएर अगाडी बढ्ने निर्णय समेत भयो। बैठकमा बिशाल भारतीले प्रस्तुत गर्नु भएको अक्टोबर ८ ,२०२१ को दिनलाई सर्व समितिले पारित गर्यो।


प्रस्ताव न ४. माथि छलफल हुँदा अघिल्लो बैठकमा निर्णय भए अनुरुप यदि कुनै मनोनित कार्यकारी सदस्य एक हप्ता भित्र सदस्यता नलिएमा आवस्यक कारवाहीको लागि अध्यक्षलाई जिम्मेवारी दिने निर्णय भयो। साथै सोहि बैठकमा मोहन बिस्टले तोकिएको समय सिमा भित्र सदस्यता ग्रहण नगरिएकोले अध्यक्षले समितिबाट हटाउने र रिक्त स्थानमा पछि मनोनित गर्ने निर्णय भयो। साथै यिनै छलफलका साथ बैठक समापन भयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top